काठमाडौं। रुकुमपूर्व अस्पताल निर्माण गरिएको लामो समयपछि त्यसै ठाउँमा ५० श्ययाको अस्पताल निर्माण गरिने भएको छ। सिस्ने गाउँपालिका-५ स्थित पुरानै अस्पताल रहेको स्थानमा ५० श्ययाको नयाँ भवन निर्माण गर्न लागिएको हो।
उक्त गाउँपालिकाको अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्कोटा, अस्पताल विकास समिति अध्यक्ष फत्तेकुमारी ओली, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डाक्टर गनेश चौधरीले बुधबार संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गरेका छन्।
१६ करोड रूपैयाँ लगानीमा निर्माण हुन लागेका उक्त अस्पताल खड्का (पिएस) जेभी निर्माण कम्पनीले ठेक्का लीएको छ। गत जेठ ३ गतेदेखि काम सुरु भएकोमा ०८० साल साउन २० गते भवन निर्माण गरिसक्ने भनेर सम्झौता भएको निर्माण सेवा कम्पनीले जानकारी दिएको छ।