काठमाडौं। टिपर दुर्घटनामा च्यापिएका चालकको उद्धार गरिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा सोमबार बिहान भएको टिपर दुर्घटनामा च्यापिएका चालकको ५ घण्टापछि जीवितै उद्धार गरिएको हो।
हटौंडा उपमहानगरपालिका–१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबाको उद्दार गरि चुरेहिल अस्पतालमा उपचार गरिएको छ। वाइबाको बायाँ हात भाँचिएको र कम्मरभन्दा मुनिको भागमा चोट लागेको छ।
सोमबार बिहान १० बजेतिर रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।