काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । सर्वोत्तम सिमेन्टको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो।
१२.९०३३ प्रतिशत अर्थात् ६० लाख कित्ता सर्वसाधारण समूहको र ८७. ०९६७ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता संस्थापक समूहको सेयर सूचीकृत भएको हो ।
सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । यस कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्म निर्धारण भएको छ । नेप्सेले नयाँ कम्पनीको सेयर सूचीकरण हुँदा प्रतिसेयर नेटवर्थलाई न्यूनतम मूल्य र त्यसको ३ गुणासम्मलाई अधिकतम मूल्य कायम गर्दै ओपनिङ रेञ्ज तय गर्दछ ।
आज (मंगलबार) देखि कम्पनीको सेयर कारोबारमा आउने छ । मंगलबार यस कम्पनीको पहिलो कारोबार १८५ रुपैयाँ ४० पैसादेखि ५५६ रुपैयाँको बीचमा हुनेछ ।