सर्लाही। सर्लाहीमा प्रहरीले डाका पक्रिन गोली चलाएको छ। गएराति साढे ९ बजे बरहथवामा गोली चलाएर प्रहरीले दुईजना डाकालाई नियन्त्रणमा लिएको हो।
प्रहरीको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन्। उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ। उनको उपचार भइरहेको छ।
राउतसँगै मोटरसाइकलमा सवार अर्का एकजना पक्राउ परेका छन्। आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ ।