काठमाडौं। रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरु विरुद्ध मुद्धा दायर गरेको हो।
आयोगका अनुसार आधारभूत विद्यालय लक्ष्मीनियाको २ कोठे पक्की भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
आयोगले अधिकृत गुप्ताका साथै तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध पनि मुद्दा दायर गरेको छ।