तनहुँ। मुग्लिन–पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डका मठमन्दिर भत्किने भएका छन् । उक्त खण्डका करिब ७० वटा मठमन्दिर भत्किने भएका हुन्।
तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन्। प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ। तनहुँ खण्डका लागि मात्रै ३४ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ।
मन्दिरको मुआब्जाका लागि मूल्याङ्कन भैसकेकाले सम्बन्धित समुहले वडाको सिफारिस, समुहको माइन्युटर र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजना समक्ष पेश गर्नुपर्ने छ ।