कैलाली। कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को लगानीमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको हो।
जनताको तटबन्ध फिल्ड कार्यालय कञ्चनपुरका अनुसार ती दुवै नदीमा ५२ करोड लागतमा १२ वटा प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ ।
दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग रु ५२ लाखमा ठेक्का सम्झौता भएको थियो।
केही प्याकेजको काम पूरा भइसके छ भने बाँकी प्याकेजको काम तीव्ररुपमा भइरहेको निर्माण कम्पनीले जनाएको छ।