काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले ४ लाख २६ हजार ७७० कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि माक्र र २१ हजार ९६० कित्ता अन्य व्यत्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभिक्र र सर्वसाधारणका लागि वित्रीमा ल्याएको शेयर खरीदका लागि आगामी सात दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा पेश गर्नुपर्नेछ ।