काठमाडौं। माछापुच्छ्रे बैंक लि. ले श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदूरपश्चिम प्रदेश कैलालीको गोदावरी नगरपालिका–६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरेको हो।
बिहीबारका दिन एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ।
शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका–६ का वडाअध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंक लि. ले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।