सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को वडास्तरीय योजनाको ३५ लाख लागतमा चार कोठे भवन निर्माण सम्पन्न भएको हो।
नवनिर्मित भवनको गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादव, उपप्रमुख अन्जना कुशवाहा र वडाअध्यक्ष सचिन्द्र महतोले संयुक्त रूपमा उदघाटन गरे । साविक वडा कार्यालय भवनको दुईवटा कोठा हुलाकी सडकमा परेपछि सडक निर्माण गर्न भवन भत्काइएको थियो ।
वडा कार्यलयको आफ्नै भवन नहुँदा विगत दुई वर्षदेखि बर्थिंग सेन्टरको भवनमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ।