काठमाडौं। आधा दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार कार्यसम्पादन नगरेपछि यी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
एलिट कन्स्ट्रक्सन प्रालि, नीलगिरी निर्माण सेवा प्रालि, च्याङग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएम कन्स्ट्रक्सन प्रालि र त्रिदेव निर्माण सेवा निर्माण कम्पनीहरु कालोसूचीमा परेका हुन्। उक्त कम्पनी हरुलाई क्रमशः दुई, तीन, दुई र एक/एक वर्ष कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ मा वस्तु तथा सेवा खरिदका लागि टेन्डर प्रक्रियामार्फत छनोट भएका कम्पनी, फार्म तथा सप्लायर्सले सम्झौताअनुसार काम नगरेको विवरण उल्लेख गरी सम्बन्धित सरकारी निकायबाट लेखित जानकारी आएको अवस्थामा ३५ दिने लिखित स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआएमा कालोसूचीमा राख्ने प्रावधान छ।
यही प्रावधान अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले यी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।