काठमाडौं। आज कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
आइतबार भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।