काठमाडौं। झ्यामोलोङ्गमा हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे साधारणसभा चैत २४ गते हुने भएकाे छ। चैत १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चैत २४ गते २२औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हाे।
बैठकले साधारणसभाबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव समेत गर्ने भएकाे छ।
सभा पोखरा कास्कीमा विहान ११ बजे शुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ । सभामार्फत गत आर्थिक वर्ष ०७९.८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि स्वीकृत हुनेछन् । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।