काठमाडौं। अपर हेवाखोला हाइड्रोपावर कम्पनीको १२औं वार्षिक साधारण सभा स्थगित भएको छ। चैत १६ गते हुने भनिएको कम्पनीको साधारण सभा स्थगित भएको हो।
यसअघि चैत १६ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा साधारण सभा हुने भनिएको थियो। विशेष कारणवश साधारण सभा स्थगित हुने भएको कम्पनीले नेप्सेमार्फत जनाएको छ।
स्थगित वार्षिक साधारण सभा यसै आर्थिक वर्षभित्र बस्ने गरी पुनस् बोलाउने कम्पनीले जनाएको छ ।