काठमाडौं। राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विघटित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विघटित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका हुन्।
कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्वासीहरूको समस्या समाधान हुन नदिने गरी सरकारले सो आयोग खारेज गरेको आरोप लगाए । उनले संविधान बमोजिम बनेको आयोगलाई पूरा कार्यकाल काम गर्न नदिई सरकारले सुकुम्वासीहरूको नाममा राजनीति गरिरहेको बताए।
गत चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले तत्काल पुनर्गठन गर्ने गरी काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।