काठमाडौं। राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरुले उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ समक्ष सपथ लिएका हुन्। सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा.अरनिको पाण्डे, प्रा.संगीता सिंह, डा.कुशरेन्द्रबहादुर महत र प्रा.शिवराज अधिकारी सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।