काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्जले शेयर सोमबारदेखि नेप्सेले फुकुवा गरेको हो।
कम्पनीले धितोपत्र मूल्य सँवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार शेयर कारोबार रोक्का गरी ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न भनेको थियो।
कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि शेयर कारोबार खुला गरिएको हो।