काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ हजार ५०९ कित्ता संस्थापक शेयर चैत १३ गतेदेखि विक्रीमा आएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी तथा जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो। इच्छुक खरीदकर्ताहरूले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यो शेयरको मूल्य प्रतिकित्ता १७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन दिदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।