काठमाडौं। पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्सथापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर खरीदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने बिक्री आवेदन खुलाएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ । कम्पनीले कति कित्ता भन्ने उल्लेख गरेको छैन ।