काठमाडौं। पाटन मल्टिपल क्याम्पसको अर्थशास्त्र विभागले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलन दुई दिनसम्म चल्नेछ।
अर्थशास्त्रले विकासको सबालमा नवीन सोच, तयारी, नवीन ज्ञान आर्जन र विस्तार गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेनलन आयोजना गर्न लागिएको अर्थशास्त्र विभागले जनाएको छ। अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटै मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ।
अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन्।