काठमाडौं। गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएकाे छ। मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।
गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ।
‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ सूचनामा उल्लेख छ ।