मोरङ। मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गरिने भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पीडितसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा स्थायी वासस्थानको लागि पहल गर्ने बताएका हुन्।
भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्न मात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । उनले स्थानीय निकायले सो समुदायलाई आफ्नै जग्गाको व्यवस्थाका लागि अग्रसरता लिन आग्रह गरेका छन् ।
यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो ।