काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौँ पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ। इक्रा नेपालले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई ‘थ्रि ए’ रेटिङ दिइएको हो ।
रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंकको औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ ।
गत वर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्याङ्कन गरिएको थियो ।