काठमाडौं। एनएमबि बैंक लिमिटेडले ५२ हजार १७२ कित्ता संस्थाफक शेयर विक्रीमा आएको छ । बैंकले व्यत्तिगत संस्थापकको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले चैत २२ गतेसम्म आवेदन दिनुपर्नेछ। आवेदन विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
प्रतिकित्रा १२० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।