काठमाडौं। त्रिशारा रेष्टुरेण्टले आफ्नो सेवाको एक दशक पार गरेको छ। दश वर्ष पूरा गरेको अवसरमा त्रिशाराले जावलाखेलमा चार सय क्षमताको नयाँ शाखा बिस्तारको योजना अघि बढाएको बताएको छ।
अबको एक वर्ष भित्रै रेष्टुरेण्टले जावलाखेलस्थित चार सय जना अट्ने शाखा संचालनमा ल्याउन लागेको संचालक शोभनवीर मालाकारले बताए। चार सय जना अट्ने क्षमता रहेको उक्त आउटलेटका लागि हामीले जग्गा लिजमा लिइसकेका छौँ। उनका अनुसार नयाँ आउटलेटका लागि छ हजार वर्गफिट एरिया लिजमा लिइएको छ।
व्यावसायिक वातावरण सामान्य अवस्थामा फर्किसकेको छ। ग्राहकको पहुँच र मागलाई हेरेरै हामीले आउटलेट विस्तारलाई अघि बढाएको उनले बताए।
त्रिशारा सन् २०१० को नोभेम्बरमा पहिलोपटक लाजिम्पाटमा खुलेको थियो। काठमाडौंमा खुलेको तीन वर्षपछि आफ्नो आउटलेट पोखरामा विस्तार गरेको थियो। दरबारमार्गस्थित त्रिशाराको आउटलेटमा तीन सय जनालाई सेवा दिने क्षमता छ।
एक दशक पूरा गरेको अवसरमा रेष्टुरेण्टले लाजिम्पाटस्थित आफ्नो पहिलो आउटलेटमा आउँदो शनिबार एज ब्याण्ड को लाइभ कन्सर्ट आयोजना गर्न लागेको उनले जानकारी दिए।