गोरखा। सहिद लखन गाउँपालिका ८ बुंको स्थित रामेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ। उक्त विद्यालयको नयाँ भवन चार कोठाको बनेको हो।
उक्त विद्यालय भवनको नेपालका लागि जापानका राजदूत किकुता युटाकाले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक तथा चाइल्ड फन जापानको प्राविधिक सहयोगमा एकीकरण नेपालले विद्यालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत असारमा शिलान्यास गरिएको थियो ।
चार कोठे बालमैत्री भवन एक करोड ८५ लाख ३३ हजार रुपैयाँ लागतमा निर्माण भएको एकीकरण नेपालले जनाएको छ। रामेश्वरी माविमा भवन सहितका संरचना निर्माणका लागि भने दुई करोड ८९ लाख २५ हजार रुपैयाँ खर्च भएको छ।