नुवाकोट। सम्पादक समाज नेपालको शिवपुरी–७ सुइरेचौरस्थित गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र मा क्षति भएको छ। चैत १७ गते शनिवार साँझ आएको भीषण हावाहुरीले उक्त भवनमा क्षति भएको हो।
भवनको माथिल्लो तलामा रहेको पोलिकार्बोनेट छाना र ट्रस उडाएर २०० मिटर पर पुर्याएको छ भने २००० लिटर क्षमताका पानी ट्यांकी पूर्णरूपमा नष्ट भएका छन्। हालै निर्माण सम्पन्न भएको उक्त भवनमा भएको क्षतिले अध्ययनका लागि जाने पत्रकारहरुलाइ असुविधा पुगेको छ।
प्रारम्भिक सर्वेक्षणमा हावाहुरीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।