काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याइएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।