वीरगन्ज। कोरोना संक्रमण महामारीलाई मध्यनजगर गर्दै वीरगन्जमा निर्माण भइरहेको होल्डिङ्ग सेन्टरको काम अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले कोरोना संक्रमितहरुलाई राख्नका लागि मुलुकको सिमाक्षेत्रमा होल्डिङ्ग सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो। त्यसै अनुरुप वीरगन्जमा पनि १ हजार बेड क्षमताको होल्डिङ्ग सेन्टर निर्माण कार्य शुरु गरिएको थियो।
कोरोना संक्रमणको तेश्रो लहरलाई मध्य नजर गर्दै २८ करोडको लागतमा क्वाराईन्टिन सेवा प्रवाह गर्ने उद्देश्यले वीरगंज भन्सार क्षेत्रमा होल्डिङ्ग सेन्टर निमार्ण कार्य शुरु गरिएको थियो। हालसम्म होल्डिङ सेन्टरको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी ३० प्रतिशत काम डेढ दुई महिनाभित्र सम्पन्न हुने वीरगन्ज स्थित नेपाली सेनाले जानकारी दिएको छ।
यसैगरी कोरोना रोकथान तथा नियन्त्रणका लागि भारतबाट बीरगंज नाकाहँदै भित्रिने नेपाली नागरिकहरुलाई क्वारिन्टाइनमा राखी खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराउने नेपाल सरकारको योजना अनुरुप होडिल्ङ्ग सेन्टर निमार्ण भइरहेको छ।
२०७८ असार २३ गतेबाट सुरु गरिएको निर्माण कार्य तिव्र गतिमा भईरहेको छ। वीरगंज श्रीपुरमा रहेको चण्डी प्रसाद गणको नेपाली सेनाको व्यस्थापकीय जिम्मेवारीमा निर्माण भईरहेको सो होल्डिङ्ग सेन्टरको ठेक्का हनुमान कन्सट्रक्सन ललितपुरले लिएको छ। क्वाराईन्टिनमा बस्नका लागि ५० जना अट्ने गरि २० वटा हल, एक प्रशासनीक भवन, एक सेन्ट्रल किचेन गरि कुल २२ भवनको निर्माण भईरहेको छ भने सुविधायुक्त शौचालय पनि निर्माण भईरहेको जनाइएको छ।
भदौको मध्यसम्म काम सकाउने सम्झौता भएपनि निषेधाज्ञाको कारण लक्षित समयमा सम्पन्न हुन सम्भव नरहेकोले सो अवधिलाई बढाएर ठेकेदारसँग समंन्वय गरि चैत मसान्तसम्म काम सम्पन्न गर्ने योजना रहेको जनाइएको छ। यसैगरी सिमाक्षेत्रबाट कोरोना फैलिन सक्ने खतारालाई मध्य नजर गर्दै बीरगंज लगायत अन्य ७ जिल्लामा करिब २ अर्बको लगानीमा होल्डिङ्ग सेन्टर निर्माण भईरहेको छ।