काठमाडौं। आन्तरिक तथा वाह्य पर्यटकको सेवा सुविधालाई मध्यनजर गर्दै गोरखाको अर्घलेमा गोरखा गार्डेन होटल सञ्चालनमा आएको छ। चितवन र गोरखाका व्यवसायीहरु मिलेर ‘स्विमिङ पुल’ सहितको होटल सञ्चालनमा ल्याएका हुन्।
गोरखा नगरपालिका–६ अर्घलेमा रहेको उक्त होटलमा अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाइएको छ। गोरखा गार्डेन होटल प्रालिका अध्यक्ष ऋषिराम पौडेलका अनुसार होटलमा कुल ४६ कोठा छन्। स्वीट रुम २ वटा, सुपर डिलक्स १० र डिलक्स रुम ३४ वटा छन् । एक पटकमा एक सय २५ जनासम्म पाहुना राख्न सकिने पौडेलले जानकारी दिए।
मंसिर महिनाबाट सेवा प्रारम्भ गरेको होटलले आगामी असार महिनासम्म पाहुनालाई २५ प्रतिशत छुट दिने बताइएको छ। होटलमा आउने पाहुनलाई अर्गानिक खाना उपलब्ध गराउने उदेश्यका साथ अर्गानिक तरकारी खेती गर्नेहरुसँग वार्षिक सम्झौता गर्ने र उनीहरुको उत्पादन किन्ने योजना होटलको रहेको उनले जानकारी दिए।
होटल सञ्चालनमा आएसँगै कोठा अभावका कारण जिल्ला आउने पर्यटकले भोग्नुपर्ने समस्या समाधान हुने आशा उनले गरेका छन्।