गोरखा। गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ८ बुंको स्थित रामेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ। नेपालका लागि जापानका राजदूत किकुता युटाकाले एक कार्यक्रमबीच भवनको उद्घाटन गरेका हुन्।
जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक तथा चाइल्ड फन जापानको प्राविधिक सहयोगमा एकीकरण नेपालले चार कोठाको विद्यालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत असारमा शिलान्यास गरिएको थियो ।
चार कोठे बालमैत्री भवन एक करोड ८५ लाख ३३ हजार रुपैयाँ लागतमा निर्माण भएको एकीकरण नेपालले जनाएको छ। रामेश्वरी माविमा भवन सहितका संरचना निर्माणका लागि भने दुई करोड ८९ लाख २५ हजार रुपैयाँ खर्च भएको छ।