काठमाडौं। थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चैत २३ गते बसेको सञ्चालक समितिको वैठकले हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि वैशाख २३ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभा जर्मन होम्स, गठ्ठाघर, भक्तपुरमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले सार्वजनि गरेको सूचनामा कति प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भन्ने वारे स्पष्ट जानकारी दिएको छैन् । सभाले गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजना लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा वैशाख ६ गतेसम्म कायम शेयधरनीहरूमा मात्र सभामा भाग लिन सक्नेछन् । यस कम्पनीले सर्वसाधारणमा २०८० साल असार १९ गते आईपीओ बाँडफाँट गरेको थियो ।