काठमाडौं। सरकारले मनहरी गाउँपालिकाको भवन बनाउन राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।
चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मकवानपुरको मनहरी गाउँपालिकालाई मनहरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न राष्ट्रिय वनको शून्य दशमलव दुई हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यसैगरी दैलेखको नारायण नगरपालिकालाई फोहरमैला सङ्कलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको समेत मन्त्री शर्माले जानकारी दिइन् ।