काठमाडौं। नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन बनाउनका लागि चन्दा उठाउन थालेको छ। तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय गरेसँगै चन्दा उठाउन थालिएको हो।
चैत १५ र १६ गते बसेको बैठकको निर्णयबमोजिम दलका केही सदस्यहरूले अध्यक्ष विद्वान गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेका छन्। केन्द्रीय समिति बैठकको निर्णयबमोजिम भवन निर्माणका लागि सहयोग सङ्कलन प्रारम्भ भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
आइतबारसम्म केन्द्रीय सदस्यहरू रमेश गौतमले २ लाख ६० हजार १०५, नवीन राईले २ लाख ५५ हजार, सरोजबहादुर शाहीले २ लाख ११ हजार १११, रत्न महर्जनले २ लाख १ हजार र रिता परियारले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ।