सर्लाही।विद्युत चोरी गर्ने १३ जनालाई नेपाल विधुत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले पक्राउ गरेको छ। सोझै पोलबाट हुकीङ गरेर मिटर नराखी बत्ति बाल्ने र विधुतीय उपकरण सञ्चालन गर्नेलाई पक्राउ गरिएको हो।
मलङ्गवा नगरपालीका क्षेत्रबाट ११ जना र विष्णु गाउँपालीकाबाट २ जना गरेर १३ जनालाई सुरक्षकर्मीसहित खटिएको चुहावट नियन्त्रण टोलीले नियन्त्रणमा लिएको वितरण केन्द्रले जानकारी दिनुभयो।
यसै गरी एक थान फ्रिज र दुइ थान पानी तान्ने मोटर समेत समातिएको छ। केन्द्रले पछिल्लो समय दैनिक चुहावट नियन्त्रण टोली विद्युत चुहावट नियन्त्रण गर्ने उद्धेश्यले परिचालन गर्दै आइरहेको छ। विद्युत् चोरी गरेर बत्ति बाल्दा पक्राउ परेका र बरामद भएका उपकरणहरु जरिवाना तिराएर मात्र छाडीने छ। अन्य केन्द्रमा भन्दा मलङ्गवा वितरण केन्द्रमा सबैभन्दा धेरै ४० प्रतिशत विद्युत् चुहावट हुने गरेको छ।
ग्रामिण क्षेत्र बढी भएको कारणले पनि उक्त क्षेत्रमा बढी विधुात् चोरी हुने गर्दछ। इन्जिनियरका अनुसार विधुत् मिटर उपलब्ध हुँदाहुँदै पनि कतिपय स्थानियबासी हरुले चोरी गरेर नै बत्ति बाल्ने र विद्युतीय उपकरण प्रयोग गर्ने गरेका छन्।