काठमाडौं। सौर्य सिमेन्टले उदयपुरको कटारीमा चुनढुङ्गा उत्खनन् गर्ने भएको छ। कम्पनीले चुनढुङ्गा उत्खनन् गर्ने प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि सर्वसाधारणको राय लिन सुरु गरेको छ।
त्यहाँबाट कम्पनीले दैनिक ४८ सय मेट्रिक टन चुनढुङ्गा उत्खनन् गर्ने छ। उक्त उत्खनन् गरिएको चुनढुङ्गा सौर्य सिमेन्टको सिराहास्थित मिर्चैयामा रहेको उद्योगसम्म ढुवानी गरिने छ। यसका लागि कम्पनीले २४.६७ हेक्टर वनक्षेत्रको प्रयोग गर्ने छ।
सौर्य सिमेन्ट ९ महिना अगाडिबाट सञ्चालनमा आइसकेको छ। सिमेन्ट उद्योग १५ अर्ब रुपैयाँमा सन्चालनमा ल्याइएको हो। शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीको उद्योगले आवश्यक कच्च पादर्थका लागि खानी उत्खनन् गर्न सुरु गर्ने भएका हुन्।
कटारीमा रहेको चुनढुङ्गा उद्योबाट ५० बर्षसम्म पुग्ने कच्चा पदार्थ उपलब्ध हुने कम्पनीको दाबी छ।