काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडले अवितरित ११ लाख ३५ हजार भन्दा बढी कित्ता हकप्रद शेयर भोलि बिहीवार अर्थात चैत २९ गतेबाट बिक्री गर्ने भएको छ । कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत हकफ्रद निष्कासनका क्रममा बित्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर लिलामी प्रक्रियामार्फत विक्री गर्न लागेको हो ।
यो शेयरमा इच्छुक जो कोही व्यत्ति, कम्पनी र संघ संस्थाले बोलपत्र पेस गर्न सक्नेछन । बोलपत्र पेस गर्ने अन्तिम मिति २०८१ वैशाख ९ गतेसम्म तोकिएको छ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि खरीद आवेदन दिन सकिनेछ । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।