काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।
अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३३ हजार ७१४ जना शेयरधनीहरूमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद शेयर चैत २७ गते बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन सकेको छैन् । अवितरित हकप्रद शेयर कम्पनीले लिलामी फ्रक्रियाबाट वित्री गर्नेछ । यसका लागि भने कम्पनीले आगामी दिनमा सूचना गर्नेछ । हकप्रद बाँडफाँटका क्रममा नपरेको शेयर वापत्को रकम चैत ३० गते शुक्रवारदेखि फिर्ता भुक्तानी हुनेछ ।