काठमाडौं। निलगिरी खोला हाईड्रो पावर कम्पनी लिमिटेडले वैशाख २० गते विशेष साधारण सभा बोलाएको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आरबी कम्प्लेक्स, लाजिम्पाट, काठमाडौ।मा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सर्वसाधारणमा प्रारम्भिक साधारण शेयर ९आईपीओ० निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारणका लागि छुट्याईएको शेयर वाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी शेयरका सम्बन्धमा समेत आवश्यक निर्णय सभाले गर्नेछ ।