काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३ लाख ८ हजार ९२० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा रहेको शेयर शाखामा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।