काठमाडौं। संखुवासभाको चिचिला गाउँपालिका– ३ मा विद्यालय भवन निर्माण हुने भएको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको चार करोड दुई लाख ९ हजार आर्थिक सहयोगमा उक्त विद्यालय भवन निर्माण हुने भएको हो।
कार्यक्रममा श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन शिलान्यास भएको हो। चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा र भारतीय राजदूतावासका प्रथमसचिव अविनाशकुमार सिंहले भवन शिलान्यास गरे।
विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने विद्यालयको लक्ष्य छ ।