नेपालगञ्ज। नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण गर्न सुरु गरिएको छ। आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति उक्त भवन निर्माण गर्न सुरु गरिएको हो।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको रु चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा उक्त भवन निर्माण गर्न सुरु गरिएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन उक्त भवनलाई १५ शय्याको आयुर्वेद अस्पतालका रूपमा विकास गर्ने लक्ष्य छ। सम्झौताअनुसार आगामी वैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।