ढल्केबर। धनुषाको मिथिला नगरपालिका–१, लक्ष्मीनिवासको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। आइतबार वडाध्यक्ष जोगी महतो र पूर्व वडाध्यक्ष लक्ष्मी महतोले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गरिएको हो।
पाँच कोठे भवन निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एसएनआर निर्माण कम्पनीले २६ लाख रुपियाँमा ठेक्का लिएको नगरपालिकाले जनाएको छ।
चालू आर्थिक वर्षभित्र कार्यालय भवन निर्माण हुने बताइएको छ।