काठमाडौं। अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नबिकेको हकप्रद लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा नबिकेको २० लाख कित्ता सेयर लिलामीमा राख्न लागेको हो।
सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको छ ।
वैशाख १० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।