काठमाडौं। अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता आइतवार एनएमबि क्यापिटलको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले आईपीओ सम्बन्धी कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपक्र निष्काशन तथा बित्री फ्रबन्धकमा नियुक्त गरेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ ।