ढल्केबर। धनुषाको मिथिला नगरपालिका–१, लक्ष्मीनिवासको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। आइतबार वडाध्यक्ष जोगी महतो र पूर्व वडाध्यक्ष लक्ष्मी महतोले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गरिएको हो।
वडा कार्यालय निर्माणका लागि पूर्व वडाध्यक्ष लक्ष्मीले करिब २५ लाख रुपियाँ मूल्य बराबरको एक कठ्ठा जग्गा प्रदान गरेका छन्।
नगरपालिकाको विकास बजेटबाट भवन निर्माण गरिने बताइएको छ। पाँच कोठे भवन निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एसएनआर निर्माण कम्पनीले २६ लाख रुपियाँमा ठेक्का लिएको हो।