काठमाडौं। वीरेन्द्र सभागृहको पुनर्निर्माण कार्य ९८ प्रतिशत पूरा भएको छ। विराटनगर महानगरप्रमुख नागेश कोइरालाले वीरेन्द्र सभागृहको पुरानो संरचनाको जीर्णोद्धार कार्य ९८ प्रतिशत सकिएको जानकारी दिएका हुन्।
सभागृह पुनर्निर्माण कार्यले पुरानै ढाँचालाई कायम राखेको समेत महानगरले जानकारी दिएको छ।
सभागृहको सम्पूर्ण काम पूरा हुनासाथ वैशाख दोस्रो साताबाट सञ्चालनमा आउने बताइएको छ। यसको सञ्चालनपछि कला संस्कृति, नाटक, बैठक, विभिन्न कार्यक्रम गर्न सबैलाई निजी क्षेत्रमा भन्दा सहज हुने महानगरको विश्वास छ।
०३३/३४ सालमा तत्कालीन नगरपञ्चायतको सहयोगमा निर्माण भएको सभागृह लामो समयदेखि मर्मतको पखाईमा थियो। सोही क्रममा २०७८ साल वैशाख ९ गते समानान्तर जोशी र श्री बेंकटेस जेभीले १८ महिनाभित्र काम सम्पन्न गर्ने गरि सम्झौता गरेर काम सुरु गरेको थियो।