काठमाडौं। प्रभु केबुलकार एन्ड टुरिज्म लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन मागेको हो।
योग्य संस्थाले बिक्री प्रबन्धकको रूपमा कार्य गर्न निवेदन दिएपछि प्रतिस्पर्धाबाट छनोट हुनेछ। बिक्री प्रवन्धकले आईपीओ जारी गर्न थप प्रक्रिया अघि बढाउने छ। कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको हो । बिक्री प्रबन्धकले नै कम्पनीको प्रिमियम मूल्य प्रस्ताव गर्ने छ ।