काठमाडौं। शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बेचेको छ। कम्पनीले आफ्नै खानीको चुनढुंगाबाट उत्पादित उच्च गुणस्तरीय १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बेचेको जानकारी दिएको हो।
यो बिक्री नेपाली सिमेन्ट जगतकै एतिहासिक भएको कम्पनीले दाबी गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि सेयर समेत जारी गरिसकेको छ। शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।