काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ। शुक्रबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भवन निर्माण शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष, कम्पनीका संचालक समितिका अध्यक्ष, कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरू र शाखा प्रमुखहरू लगायत उपस्थिति रहेको इन्स्योरेन्सले जानकारी दिएको छ।
यसैगरी सो समारोहमा कम्पनीका सीईओले भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्षलाई धन्यवाद दिँदै उनले कम्पनीको केन्द्रीय कार्यालय प्रयोजनका लागि शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र सो भवन एक नमूना संरचना बन्ने दाबी गरेका छन्।